भीम रावल भन्छन् : अध्यादेशमार्फत सत्ता स्वार्थपूर्ति गर्न खोज्नु खेदजनक



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यादेश ल्याएर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा सहभागी दलका नेताहरूले सत्ता स्वार्थपूर्ति गर्न खोजेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री देउवा र सरकारमा सहभागी दलका नेताहरूले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थपूर्ति गर्न खोजेको आरोप लगाएका हुन् ।

रावलले अध्यादेश ल्याउनु नेपाली जनताको जनादेशको समेत घर अपमान भएको बताएका छन् । ‘प्रधानमन्त्री र सरकारमा सहभागी नेताहरू यति साह्रो अनैतिक र लज्जास्पद बाटो समत्न लालायित नहोऊ । देश र जनताका बीचमा चुनावमा गरेका वाचा यति चाँडै किन भुलेको ?,’ रावलले सोमबार बिहान ट्विट गर्दै प्रश्न गरेका छन् ।

अदालतमा विचाराधीन रहेका मुद्दा पनि फिर्ता लिनसक्ने गरी अध्यादेश ल्याइ कानुनी व्यवस्था गर्ने निर्णय गर्नु कुशासन बढाउने स्वेच्छाचारी काम भएको उनको आरोप छ ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई आममाफी दिने कानुनी बाटो बनाउन मन्त्रिपरिषद् बैठकले आइतबार अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्