२८ लाख भ्रष्टाचार गरेको अभियोगमा इञ्जिनियर र प्लम्बरविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा इञ्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ।

खानेपानी तथा सरसफाई डिभिजन नं ४ मन्थलीमा कार्यरहत रहँदा नगद १६ लाख र चेकमार्फत १२ लाख घुस लिएको पुष्टि भएको भन्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्