अध्यादेशको विरोध गर्दै उपसभापति गुरुङले भने : कांग्रेस सँगै विधिको शासनमा उभिनुपर्छ



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ टिकापुर घटनाका दोषि रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा उत्रिएका छन् । उनले अध्यादेश मार्फत गम्भीर प्रकृतिका विषयहरुको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुने बताएका छन् ।

उपसभापति धनराज गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरुको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुन्छ । प्रजातन्त्र भनेकै विधिको शासन हो । विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनु पर्छ ।’

प्रजातन्त्र भनेकै विधिको शासन भएकाले कांग्रेस सधैं विधिको शासनको उभिनु पर्ने गुरुङले बताए । प्रधानमन्त्री देउवाले अध्यादेश ल्याएपछि उपसभापति गुरुङसहित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइराला, युवा नेता प्रदीप पौडेल लगायतले विरोध जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्