आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु



पाल्पा । पाल्पामा आगो ताप्ने क्रममा जलेर सोमबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खिमबहादुर विक रहेका छन् । रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्