स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्‍याउन मार्गचित्र तयार गर्दै मन्त्रालय



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्‍याउनका लागि मार्गचित्र तयार पारिरहेको छ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा रहेको असमानतालाई हटाई सबै नागरिकमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि मार्गचित्र तयार पारिरहेको जनाएको छ ।

स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउनका लागि गहन, सहज र पारदर्शीरुपले स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्ने उदेश्यले यस्तो मार्ग चित्र तयार पारिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा नपुगेका दूरदराज ठाउँका सर्वसाधारणलाई सेवाको पहुँच पुर्‍याउन सरकार लागिपरेको मन्त्रालयको दाबी छ ।

संविधानले व्यवस्था गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनेतर्फ मन्त्रालय केन्द्रित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्