रामेछापको रामपुरमा बिहे भोज खाँदा ३० जना बिरामी



काठमाडौँ । रामेछापको रामेछाप नगरपालिका वडा-५ रामपुरमा बिहे भोज खाँदा ३० जनाभन्दा बढी बिरामी भएका छन् । यहि २५ गते रामपुरको साइटार भन्ने स्थानमा प्रदिप मगरको बिहे भोज खाएकाहरु बिरामी भएका हुन् ।

बिरामीहरुमध्ये जिल्ला अस्पताल रामेछापमा १५ जनाको उपचार भइरहेको अस्पतालमा चिकित्सक डा. मनोज यादवले जानकारी दिए । प्ररम्भिक रिर्पोट हेर्दा फुट पोइजन जस्तो देखिएपनि अहिलेसम्म बिरामी हुनुको कारण पत्ता नलागेको उनले जानकारी दिए । अहिले चिकित्सक सहितको टोली साइटार गइरहेको र त्यहाँको अवस्था अध्ययन र रिर्पोट आएपछि मात्र के भएको भने थाहा हुने डा.यादवले बताए ।

गाउँका बालबालिका र वृद्ध बढी बिरामी भएका छन् । बिरामीहरुमा पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्रे, बान्ता आउने समस्या देखिएको छ । बिरामी भएकाहरुको अवस्था भने सामान्य रहेको छ ।

३ दिनदेखि भोज खाइरहेको अवस्थामा बिरामी हुनकाे कारण थाहा नभएकाे वडाध्यक्ष हरिशचन्द्र श्रेष्ठले बताए । अहिले आफूहरु अस्पतालको रिपोर्टको पर्खाइमा रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्