नेप्से सामान्य अङ्कले घट्यो



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ। कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा २.५७ अङ्कले घटेर बन्द भएको हो। नेप्से ०.१३ अङ्कले घटेसँगै परिसूचक १८९९ अंकमा आइपुगेको छ।

यसक्रममा आज ९० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, १२ वटा कम्पनीको मूल्य तलमाथि भएको छैन। यसबाहेक, सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

आजै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७५ रुपैयाँले बढेर २२ सय ६० रुपैयाँ पुगेको छ। यसबाहेक, सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य ७ प्रतिशतले बढेको छ। यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३७ रुपैयाँ पुगेको छ।

नेप्सेमा आज नबिल बैंकको ७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस्तै, नेपाल टेलिकमको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसबाहेक, आज नबिल बैंककै सेयर सबैभन्दा धेरै ११ सय ७२ पटक कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्