प्रभु साह र अमरेश सिंह मिलेर नयाँ पार्टी खोल्ने



काठमाडौँ । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका प्रभु साह र अमरेशकुमार सिंहले नयाँ पार्टी खोल्ने भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएपछि उनीहरुले नयाँ पार्टी खोल्ने तयारी गरेको हो ।

नयाँ पार्टी निर्माणको लागि अहिले सिंहले पहल गरिरहेका छन् । सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै आफूहरु नयाँ पार्टी खोल्ने विषयमा सहमत भएको बताएका छन् । तर, पार्टीको नाम लगायत अन्य विषयमा भने कुनै छलफल नभएको सिंहले बताए ।

रौतहट-३ बाट निर्वाचित साह र सर्लाही-४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दुवै जनाले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् ।

एमाले निकट हापेर साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने सिंहले कांग्रेसले निकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीहरु दुबैले फराकीलो मतान्तरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्