कर्मचारीको सेवा सुविधा देशको आर्थिक अवस्था अनुसार हुन्छः अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीको सेवा सुविधा देशको आर्थिक अवस्था अनुसार हुने बताएका छन् । उनले कर्मचारीहरुलाई पनि देशको आर्थिक अवस्था बुझेर सेवा सुविधाको आकांक्षा राख्न आग्रह गरेका छन् ।

संघीय संसद सेवा दिवसका अवसरमा बुधबार सिंहदरवारमा आयोजित ‘नेपालको संसद सेवाका २ दशकः समीक्षा र आगामी कार्यदिशा’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

अरु जति कुरा गरे पनि गाँठो अर्थमा आएर जोडिने भन्दै सेवा गरेपछि मेवा चाहिने तर, देशको आर्थिक अवस्था अनुसार हुने बताए ।

सेवा सुविधा समेतलाई ध्यानमा राखेर संसद र संसद सचिवालयभित्र सुधारको कोशिस गरिरहेको अवस्थामा कोरोना भाइरस कोभिड–१९ को महामारी ब्यहोर्नुपरेको अध्यक्ष तिमिल्सिनाले बताए । अझै कोरोना भाइरसको महामारीको प्रभाव अर्थतन्त्रमा कायम रहेको छ।

प्रतिक्रिया दिनुहोस्