प्रधानमन्त्रीमा प्रचण्डको दाबी स्वाभाविक : कांग्रेस प्रवक्ता महत



काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने दाबी स्वाभाविक भएको बताएका छन् । ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासामु आफूलाई प्रधानमन्त्री बन्न सघाउन आग्रह गरेकै दिन उनले यस्तो बताएका हुन्।

तर, उनले निर्वाचनबाट कांग्रेस ठूलो दल बनेकाले कांग्रेसको प्रधानमन्त्री बन्ने कुरा स्वभाविक हुने पनि बताए। बालुवाटारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रवक्ता महतले भने, ‘प्रचण्डजीले पनि प्रधानमन्त्री दाबी गर्नुभएको छ। यसलाई पनि हामी स्वभाविक लिन्छौ। तर, सबै रूपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ।’

प्रतिक्रिया दिनुहोस्