जिम्लाबाट समानुपातिकमा ३ सांसद



जुम्ला । जुम्लाबाट प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ३ जना सांसद भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले एक एक जना महिलालाई सांसद निर्वाचित गरेका हुन्।

नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि तथा चन्दननाथ नगरपालिकाका पूर्वनगरप्रमुख कान्तिका सेजुवाल समानुपातिक सांसद बनेकी छन्।

नेकपामा माओवादीका छिरिङ ल्यामु लामा तामाङ जनजाति र पिछडिएको क्षेत्रबाट सांसद निर्वाचित भइन् । लामा कर्णाली क्षेत्रमा मुगाली समुदायबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले जुम्ला चन्दननाथ नगरपालिका ५ निवासी विनिता कठायतलाई सामानुपातिक सांसद बनाएको छ। समानुपातिकबाट ३ जना सांसद बनेपछि जिल्लाबाट प्रतिनिधिसभामा ४ जना सांसद भएका छन्।

जुम्लाबाट प्रत्यक्ष निर्वाचनमा राप्रपाका ज्ञानबहादुर शाहीले निर्वाचन जितेका छन्।

प्रतिक्रिया दिनुहोस्