अब बन्ने प्रधानमन्त्री २ वर्षलाई : महामन्त्री शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा निर्वाचन–१ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अब बन्ने प्रधानमन्त्री २ वर्षको लागि मात्र भएको बताएका छन् । उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले अहिले बन्ने प्रधानमन्त्री २ वर्षलाई मात्रै भएको भन्दै उनले गठबन्धनलाई सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु नहुने बताए। महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयभन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए।

‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्वपूर्ण छ, त्योभन्दा धेरै महत्वपूर्ण विषय राष्ट्रपतिको बारेमा छ। प्रधानमन्त्री को बन्नुहुन्छ ? २ वर्षलाई बन्नुहोला। लुकाउने अवस्थै छैन,’ महामन्त्री शर्माले भने, ‘हामीले एक्लै विजयी हासिल गरेका होइन, सबै दल हामीसँग छन्। यो गठबन्धन जनताको बीचबाट जे मत लिएर आएको छ। यसलाई एउटा सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु हुँदैन।’

प्रतिक्रिया दिनुहोस्