केपी ओली र रवी लामिछानेबीच भेटवार्ता



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो।

सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको हो। ‘शुक्रबार राति उहाँहरूबीच सरकार गठन प्रक्रियाका विषयमा छलफल भएको हो’ बालकोट स्रोतले भन्यो।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ। सोहीअनुसार ओली र लामिछानेबीच भेटवार्ता भएको स्रोतको भनाइ छ।

मंसिर ४ को निर्वाचनमा एमालेले ७८ सिट जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको छ।

प्रतिक्रिया दिनुहोस्