प्रधानमन्त्री देउवाले भेट माधव नेपाल



काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार भेटवार्ता भएको छ। शनिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच छलफल भएको हो।

छलफलमा नयाँ सरकार गठनका विषयमा कुरा भएको जनाइएको छ। माधव नेपालसँग छलफल गर्नुअघि देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गरेका थिए।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेपछि सत्ता गठबन्धनमा नयाँ सरकार गठनको विषयले सफलता पाउन सकेको छैन। सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसले पनि प्रधानमन्त्रीमा दाबी गरेको छ। तर, प्रचण्डले पनि आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्