कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ। प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिए।

मुख्य सचिव पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकले अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्ने र त्यसले संसदीय दलको निर्वाचन गराउने जिम्मेवारी पाउने कांग्रेस नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्