डिजिटल मनकामनामा जुटे एनएमबी र फोनपे



काठमाडौं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यसहित एनएमबी बैंक र फोनपेको सहकार्यमा मनकामना बजार डिजिटल बनाउने अभियान सुरु भएको छ । क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाद्वारा सो अभियानको सुरुवात भएको हो ।

मनकामना मन्दिर परिसरमा पुजा सामग्री, फलफुल, रेष्टुरेन्ट लगायत अरु व्यवसाय को भुक्तानी साथै मन्दिरमा भेटी दान समेत अब विद्युतीय माध्यमबाट नै गर्न सकिने भएको छ ।
बैंकले हाल देशभरी २ सय १ शाखा, १ सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्