भरतपुर पुग्यो दियालो



काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेसँगै भरतपुरमा यो प्रविधिको सुरुवात भएको छ । टोखा नगरपालिकामा विकास गरिएको यो प्रविधि भरतपुरमा विस्तार गरिएको हो ।

यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्णरुपमा अटोमेशन गर्ने छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटर रिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको हो ।

हालसम्म करिब ८ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो प्रणालीको विकास गरेको हो । भरतपुर नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा स्मार्ट वाटर प्रविधिको विस्तार गरिएको हो । दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलार्ई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्