नबिल बैंकको मोबाइल बैंकिङ आज राति ५ घण्टा अवरुद्ध हुने



काठमाडौं । नबिल बैंकको मोबाइल बैंकिङ सेवा आज साँझदेखि ५ घण्टा अवरुद्ध हुने भएको छ । मोबाइल बैंकिङ प्रणालीको स्तरोन्नति कार्यका लागि सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

यसअनुसार साँझ ६ बजेदेखि राति ११ बजेसम्म मोबाइल बैंकिङ अवरुद्ध हुनेछ । अन्य सेवा भने साबिकअनुसार सुचारु हुने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्