एमाले बागमती संसदीय दलको नेतामा थपलिया सर्वसम्मत



काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन)लाई सर्वसम्मत चयन गरेको छ।

हेटौँडा १०, स्थित प्रदेशसभा भवनमा रहेको दलको कार्यालयमा बसेको बैठकले थपलियालाई दलको नेताका रूपमा चयन गरेको एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य डोरमणि पौडेलले जानकारी दिए।

बैठकअघि भएको सहमति प्रयासमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पार्टी स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्य आनन्द पोख्रेल र केन्द्रीय सदस्य रामेश्वर रानाले थपलियालाई दलको नेता बनाउने बारे निर्णय सुनाएका थिए।

थपलियाले चितवनको निर्वाचन क्षेत्र १ को (१) बाट कांग्रेसका किरण ओलीलाई साढे ८ हजार मतान्तरले प्रदेशसभा सदस्यमा हराएका थिए।

प्रतिक्रिया दिनुहोस्