बैंक अफ काठमाण्डू मेसिनबाट जम्मा गर्ने सेवा



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले खिचिएका क्लियरिङ चेकहरू कियोस्क (केआईओएसको) मेसिनमार्फत जम्मा गर्न सकिने भएको छ । अब ग्राहकले भौतिक रूपमा कुनै भौचर नभरीकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङका चेकहरू मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

चेक जम्मा खाता नम्बर, रकम, चेक जारी भएको मिति, सम्पर्क नम्बर तथा क्लियरिङ सेसनलगायतका विवरणहरू राखेपश्चात् चेक स्क्यान गरी चेक जम्मा हुनेछ । उक्त चेक जम्मा भएपछि भौचर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्