दलको नेता छान्न बाग्मतीमा माओवादी छलफल सुरु



काठमाडौं। नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश संसदीय दलको बैठक शुक्रबारदेखि सुरु भएको छ।

काठमाडौंमा सुरु भएको बैठकमा दलको नेता सर्वसम्मतीमै छान्न प्रयास सुरु भएको दलका नेताहरुले बताएका छन् । सहमतिमै दलको नेता छान्ने प्रयास भने अहिलेसम्म कोसिस रहेको छ ।

दलको नेतामा धेरैको दाबी रहेकाले सहमति जुटिसकेको छैन । सहमतिमै टुंग्याउनु पर्ने धेरैको चाहान अनुसार सहमति खोज्ने प्रयास सुरु भएको छ।

दलको नेतामा शालिकराम जमरकट्टेल, गंगनारायण श्रेष्ठ, युवराज दुलाल र सरल सहयात्री पौडेलले दाबी गरेका छन्। पहिलो दिनको बैठकमा सहमति नजुटेपछि बैठक भोलि १ बजेलाई पुनः बोलाइएको छ।

सहमति जुट्न नसकेको अबस्थामा भने निर्वाचनबाट भए पनि टुग्याइने माओवादीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्