गृहमन्त्री लामिछानेले लिए निर्मला पन्तको अनुसन्धान प्रगतिको जानकारी



काठमाडौँ । नेपाल प्रहरीले उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेलाई निर्मला पन्त हत्या घटनाको अनुसन्धान प्रगतिबारे प्रगति विवरण जानकारी गराएका छन् ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण क्रममा गृहमन्त्री लामिछानेलाई प्रहरी टोलीले निर्मलाको घटना प्रगतिबारे ब्रिफिङ गरेको हो।

प्रहरी महानिरीक्षक,अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकसहितको टोलीले हालसम्म भएका अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेको हो।

गत सोमबार पदभार ग्रहण गरेसँगै गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने निर्णय गरेका थिए।

यस्तै, निरीक्षणपश्चात प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वहरू नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामिला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिक समेत गरिएको थियो।

उक्त प्रतिवेदनले नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको कार्य सम्पादनमा प्रभाव पर्ने तत्वहरूको पहिचान गर्ने र सुधारका क्षेत्रहरू पहिल्याउने समेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्