पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा समीक्षा गर्न नेकपा एसले बोलायो बैठक



काठमाडौं । पछिल्लो समयमा विकसित राजनीतक घटनाक्रमको विषयमा समिक्षा गर्न नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक भोलि शनिबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाएको समाजवादीले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने र चुनावको समीक्षा गरिने एक नेताले बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका छन् । यस्तो स्थितिमा आफूहरुको अबको भूमिका के हुने भन्ने बारेमा बैठक केन्द्रीत रहने ती नेताले बताए ।

सरकारमा सहभागी हुने नहुने र अब पार्टीले चाल्नु पर्ने कदमका बारेमा अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहबाटै सुझाव संकलन गरेका छन्। जिल्ला तहबाट आएको सुझाव बारे पनि बैठकमा छलफल हुने छ।

प्रतिक्रिया दिनुहोस्