प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर दिए श्रीलंकाका राष्ट्रपतिले बधाई



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रीलंकाका राष्ट्रपति रणील विक्रमासिंघेले टेलिफोन गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विक्रमासिंघेले फोन गरेर प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा शुभकामना दिए हुन् ।

सो अवसरमा नेपाल-श्रीलंका मित्रवत् सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री प्रचण्डलाई छिमेकी तथा विभिन्न देशबाट बधाई आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्