डा.महतले मलाई झम्टिएको हैन, फरक तरिकाले बहस भएको हो : खड्का



काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतसँग आफ्नो फरक तरिकाले बहस भएको बताएका छन् । कांग्रेस मओवादी सहितको पाँच दलीय सत्ता गठबन्धनबाट प्रधानमन्त्री माओवादी केन्द्रको अध्यक्ष बन्ने की कांग्रेस सभापति शेरबहादुर देउवा बन्ने भन्ने विषयमा सरकारी निवास बालुबाटरमा खड्का र महतबीच हात हालाहालको अवस्था आएको समाचार सार्वजनिक भएका थिए ।

शनिबार उनले ट्वीटरमार्फत आफूहरुबीच मुद्दामा फरक तरिकाले मात्र बहस भएको बताए। खड्का माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने लाइनमा थिए भने महत जसरी पनि पार्टी सभापति देउवा प्रधानमन्त्री बन्नु पर्छ भन्ने पक्षमा थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारी निवास बालुवाटारमा पार्टी प्रवक्ता र आफ्नो विषयमा सामाजिक सञ्जालमा आएका विषय सत्य नभएको पनि उनले बताएका छन् । प्रचण्डलाई प्रधानमन्त्री नबनाउँदा अहिले कांग्रेस सत्ता बाहिर बस्न पुगेका छन् ।

उपसभापति खड्काले लेखेका छन्, ‘बालुवाटारमा पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोशिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केहि दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो कुरा सत्य होइन । केही मुद्धामा फरक तरिकाको बहस हामी साथीहरूका बीच भएको मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्