अध्यक्ष नेपाललाई कसैले राष्ट्रपतिको प्रस्ताव गरेको छैन : खतिवडा



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बन्न अहिलेसम्म कसैले पनि प्रस्ताव नगरेको बताएका छन् । शनिबार काठमाडौंमा जारी पार्टीको १४ औं स्थायी कमिटी बैठकमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले अध्यक्ष नेपाल राष्ट्रपति बन्ने हल्ला निराधार रहेको बताएका हुन् ।

उनले अध्यक्ष नेपाल राष्ट्रपति बन्ने चर्चा गरिएपनि अहिलेसम्म कसैले पनि सोबारे प्रस्ताव नगरेको बताएका छन्।

उनले भने- ‘पार्टी अध्यक्ष नेपालसँग राष्ट्रपतिको लागि कसैले प्रस्ताव गरेको छैन । अहिलले चलेका हल्ला निराधार हुन् ।’ उनले पार्टी एकीकरण वा विलय गराउनेबारेमा कुनै काम नगरेको र त्यसबारेमा रुचीपनि नरहेको बताए ।

बाम एकता गर्ने, एजेण्डाका आधारमा एकता गर्नेमा भने अलिकति रुची रहेको उनले बताए। पार्टीको संगठनलाई सुदृढ बनाउँने योजनामा रहेको बताउँदै खतिवडाले भने– ‘यो वा त्यो आधारमा फलानो पार्टीसँग एकीकरण हुँदैछ भन्ने कुरा निराधार हल्ला मात्र हो । आम जनतालाई म यही कुरा सुसुचित गर्न चाहन्छु ।’

बिहान ११ बजेदेखि जारी बैठकमा अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा पार्टीको आगामी बाटोका बारेमा स्थायी कमिटी सदस्यको राय लिइरहेका छन्। अहिलको सर्न्दभमा संगठन सुदृढीकरण कसरी गर्ने, पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्