रामचन्द्र पौडेललाई जनताले दिए गुन्द्री उपहार



काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनका निर्वाचन क्षेत्रका जनताले गुन्द्री उपहार दिएका छन्।

तमु ल्होसारका अवसरमा तनहुँको बन्दिपुर-६ स्थित खहरेटारमा आयोजित कार्यक्रममा आयोजकले पौडेललाई गुन्द्री उपहार दिएर स्वागत गरेका हुन् । मिलिजुली युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा पौडेल प्रमुख अतिथि थिए।

जीवनमा एक पटक प्रधानमन्त्री बन्ने लक्ष्य पूरा नभए पनि यस पटक गठबन्धनबाट राष्ट्रपति बन्ने कसरतमा रहेका पौडेललाई उनको निर्वाचन क्षेत्रका जनताले गुन्द्री उपहार दिएर स्वागत गरेका छन् ।

उनले पाँच दलीय गठबन्धन टुट्न नदिन अन्तिमसम्म प्रयास गरे पनि सफल भएका थिएनन् । गठबन्धन टुटेपछि सबै सपना भताभुङ्ग भएको टिप्पणी पौडेलले गरेका छन् ।

बन्दीपुरमा बुनिएको गुन्द्री उपहार लिँदै पौडेलले यो गठबन्धन पनि कुनै पनि बेला भङ्ग हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्