एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बस्दै छ। शनिबारबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठक आज पुनः बस्नेगरी स्थगित भएको थियो।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो। शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए।

आज बिहान ११ बजेबाट पुनः बैठक सुरु हुने पार्टी सचिवालयले जनाएकाको छ। वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा आइतबारको बैठकमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्