सरकारले पोखरा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सहयोग गर्छ : उपप्रधानमन्त्री पौडेल



काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।

आइतबार पोखरा विमानस्थलको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अबको चुनौती विमानस्थलको सञ्चालन रहेको भन्दै अर्थ मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे। उनले भने, ‘विमानस्थलको सही र भरपुर सदुपयोग अब नयाँ एजेन्डा बनेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनसँग पनि आवश्यक समन्वयन सरकारले गर्नेछ ।’

पोखरामा पर्यटकको ओइरो लागोस् भन्ने चाहनाका साथ यो विमानस्थल बनेको भन्दै अब यो चाहाना पुरा हुने उनले बताए। उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जनप्रतिनिधि र जनताले अथक प्रयास गरेका बताए।

यो विमानस्थल निमार्णमा रवीन्द्र अधिकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै पौडेलले स्वर्गीय अधिकारीको स्मरण समेत गरे।

प्रतिक्रिया दिनुहोस्