माधव नेपाललाई एमालेले राष्ट्रपति बनाउने कुरा पत्याउन सकिन्न : गंगालाल तुलाधर



काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई एमालेले राष्ट्रपति बनाउने कुरा पत्याउन नसकिने बताएका छन् । आइतबार पार्टी कार्यालयमा स्थायी कमिटी बैठकबारे जानकारी दिन पत्रकारहरुसँगको कुराकानीमा उनले नेकपा एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय पत्याउन नसकिने बताए।

उनले नेपालाई राष्ट्रपति बन्न प्रस्ताव आएको विषयमा सत्यता नभएको पनि बताएका छन्।

‘यो कुराले अहिलेसम्म हाम्रो बैठकमा प्रवेश पाएको छैन। कहाँबाट, कसरी आयो हावामा आयो, हावामा नै गयो जस्तो लाग्छ’ उनले भने, ‘नेकपा एमालेका तर्फबाट फेरि माधवकुमार नेपाल, एकीकृत समाजवादीको अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिटै, सजिलोसँग राख्लान् भन्ने मलाई लाग्दैन र गरेको हो भन्ने पनि मलाइ लाग्दैन ।’

उनले यदि यो विषयमा कतै चर्चा भएको भए एकीकृत समाजवादीको कार्यकर्तालाई भ्रममा राख्ने कोशिसमात्र भएको उपमहासचिव तुलाधरले बताए ।

प्रतिक्रिया दिनुहोस्