वामदेव र घनश्यामलाई पार्टीमा ल्याउन कोसिस गरिरहेका छौं : नेकपा एस



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा एमाले छाडेका दुईजना नेतालाई भित्र्याउने प्रयास भइरहेको जनाएको छ। शनिबारदेखि काठमाडौंको आलोकनगरमा जारी पार्टी स्थायी कमिटी बैठकबारेमा जानकारी दिँदै उपमहासचिव गंगालाल तुलाधरले यस्तो बताएका हु्न।

हो, हामी वामदेव गौतम र घनश्याम भुसाललाई पार्टीमा भित्र्याउने प्रयासमा छौँ। उहाँहरुसँग पटक पटक कुरा पनि भएको छु, उनले भने, वामदेवजी त चार-पाँच पटक हाम्रो कार्यालयमा आइसक्नु भएको छ।

उनले वामदेव पार्टीमा आउन सक्ने सम्भावना बलियो रहेको खुलाए। वामदेव कमरेड हामीसँग जोडिने कुरा अलिक बलियो छ, उनले भने, घनश्याम कमरेडसँग पनि कुरा भइरहेको छ। तर हामी निष्कर्षमा पुगेका छैनौँ। उहाँहद्याई पार्टीमा भित्र्याउन संवादहरु अहिले पनि जारी छन्।

प्रतिक्रिया दिनुहोस्