कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा चौधरी



काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन्। दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् ।

दलको नेताको लागि अबदुल रज्जाक, वीरबहादुर राना र राजु खनालले दाबी गरेका थिए। संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुन्। लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्