डिप्रेसनको समस्या देखिएपछि सन्दीप लामिछानेलाई जेलभित्रै मनोपरामर्श



काठमाडौं । नाबालिगमाथि बलात्कारको मुद्दामा जेलमा रहेका सन्दीप लामिछानेलाई डिप्रेसनको समस्या देखिएको छ । यस्तो समस्या देखिएपछि लामिछानेलाई जेलभित्रै मनोपरामर्श दिन थालिएको छ । केन्द्रीय कारागार सुन्धारामा गएर बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले लामिछानेलाई परामर्श दिएको उनका वकिल सरोजकृष्ण घिमिरेले बताएका छन् ।

१५र२० दिनयता उनको बोली र व्यवहार फरक हुन थालेपछि उनी डिप्रेसनमा रहेको पत्ता लागेको थियो । उनलाई अब नियमित काउन्सिलिङको व्यवस्था गर्नुपर्ने डा। रेग्मीले सल्लाह दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्