एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेश प्रस्थान



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेशको ढाका गएका छन् । बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा उनी नेकपा एमालेको तर्फबाट अतिथिका रुपमा सहभागी हुने छन् ।

पोखरेलले महाधिवेशनलाई भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । पोखरेलसँगै एमालेका विदेश विभाग सदस्य डा। दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुने छन् । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २ दिनपछि नेपाल फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्