ग्लोबल आइएमई बैङ्क १६औँ वर्षमा प्रवेश



काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा बैङ्कमा १५ वर्षदेखि सेवारत ५९ कर्मचारीहरूलाई सम्मान गरेको छ । बैङ्कमा आयोजित कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरूलाई सम्मान गरे ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्कले ‘उत्कृष्ट बैंकिङ्ग सबैका लागि’ भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा प्रवेश गरेको बताए । ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।

बैङ्कले २९२ शाखा, २७१ एटिएम, २८३ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्