आनको २३ औं साधारण सभा



काठमाडौँ । नेपाल विज्ञापन सङ्घ (आन)को २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा पछि विज्ञापनको उद्देश्य, उपलब्धी र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया गरिएको थियो ।

उक्त पहिलो सत्रको सहजीकरण अध्यक्ष सोम प्रसाद धिताल र प्यानलिष्ट विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई र दोश्रो सत्रको सहजीकरण आनका सल्लाहकार रन्जितराज आर्चाय र प्यानलिष्टहरूमा मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए ।

कार्यक्रममा सङ्घका सदस्य एजेन्सीहरूबाट विज्ञापन उद्योग ऐन नियम कार्यविधि आचार संहिताको बारेमा जिज्ञासा र प्रश्न राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्