एमाले प्रदेश १ प्रमुख सचेतकमा भण्डारी



विराटनगर । नेकपा (एमाले) प्रदेश नं १ को प्रमुख सचेतकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी चयन भएका छन् । संसदीय दलको आज बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा चयन गरेको हो ।

नवनियुक्त प्रमुख सचेतक सुनसरी निर्वाचन क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य छन् । प्रदेशसभामा एमालेका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी कुल ४० सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्