संसद विघटन सही वा गलत भन्ने गठबन्धनको एजेन्डा होइन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटन सही वा गलत के थियो भन्ने विषयमा गठबन्धनको एजेन्डा नभएको बताएका छन् । संसद्मा‌ उठेको प्रश्नको जवाफ दिनेक्रममा उनले उक्त एजेन्डा नभएको बताएका हुन् ।

२०७२ को संविधान अहिले रहेका निकै ठूलो जटिलताबीच बनाइएको दल हो । यो संविधान कार्यान्वयन गर्ने विषयमा हाम्रो प्रतिबद्धता निकै छ । अहिलेको सत्ता साझेदारबीच संविधान, संघीयता कार्यान्वयन गर्ने र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने र विकास निर्माण र सुशासन दिने विषयमा सहमति छ, उनले भने, प्रतिनिधिसभा विघटनको सही थियो वा थिएन भन्ने विषयमा अहिले गठबन्धनको एजेन्डा होइन, यो हामी सबैलाई थाहा भएकै कुरा हो ।

विश्वासको मतका लागि भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतको उदाहरण दिँदै आफू प्रधानमन्त्री हुँदा गरेको दुई पटकको प्रतिनिधिसभा विघटनको बचाउ गरेका थिए । ओलीपछि बोल्न आएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ओलीको धारणा गठबन्धनको धारणा हो भनेर प्रश्न गरेका थिए । उनले अहिले पनि गठबन्धनमा कतिपय विषयमा दलहरुबीच मतभिन्नता रहेको र सत्ता गठबन्धन बाहिर रहेका दलहरुबीच विषयवस्तुमा सहमति रहेको बताए ।

ुहामी सत्ता साझेदार दलहरुमा कैयौं विषयमा मत भिन्नताहरु थिए । आज पनि छ्न । सत्ता साझेदार बाहेकका दलहरुसँग कतिपय विषयमा हिजो सहमति थियो र अहिले पनि छ । यहाँ संविधानको विषयमा जसरी कुरा उठ्यो, हामी सबैलाई थाहा भएको कुरा हो, दाहालले भने यो राष्ट्रको मूल कानुन हो । संविधानसभाबाट बनेको यो संविधानबारे हामीले विगतमा गल्ती कमजोरी समीक्षा गरेकै हो ।

उनले सरकारको साझा न्यूनमत कार्यक्रम नै गठबन्धन दलबीचको एकताको आधार भएको बताए । अहिले सत्ता साझेदारहरु निश्चित न्यूनतम कार्यक्रममा आबद्ध छौं, हाम्रो एकताको आधारमा हामीले निर्धारण गरेको नीति र साझा कार्यक्रम नै हो, प्रधानमन्त्री दाहालले भने, अहिलेको चुनावमा जनताको अभिमत जसरी व्यक्त भएको छ त्यसैअनुसार सरकार गठनका प्रयास गरिएको छ । विचार, धारणाको आधारमा फरक-फरक प्रकारको दलहरु अहिलेको संसद्‌मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्