यी हुन् प्रचण्डलाई विश्वासको मत दिन सहभागी नभएका ४ सांसद



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन अनुपस्थित रहेका ४ जना सांसदहरु मनोरमा शेरचन, किशोरसिंह राठौर,अम्बिका बस्नेत र पशुपतिशमशेर राणा रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गर्दा उनीहरु ४ जनाले विश्वासको मत दिन सहभागी भएनन् । आजको बैठकमा २७० जना उपस्थित थिए। भने सांसद टेक बहादुर गुरुङ निलम्बित छन् ।

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्