कांग्रेससँग कुनै सहमति भएको छैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसँग केही लिनेदिने सहमति नभएको बताएका छन् । प्रचण्डले विश्वासको मतको बदलामा कांग्रेसलाई केही दिने सहमति नभएको बताएका हुन् ।

प्रतिनिधिसभामा मंगलबार विश्वासको मत पाएपछि संसदबाट निस्कन बेला प्रचण्डले आज पाएको विश्वासको मतले जिम्मेवारी थपिएको बताए।

प्रधानमन्त्री प्रचण्डलाई २६८ जना सांसदले विश्वासको मत दिएका छन्। आजको बैठकमा २७० सांसद उपस्थित थिए।

नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि अहिले विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्। प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको बदलामा कांग्रेसलाई केही दिने सहमति नभएको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्