पोखरा क्षेत्रीय अस्पतालमा आफन्तको भिड



काठमाडौँ । पोखरामा विमान दुर्घटनामा परेकाहरूको शव राखिएको पोखरास्थित गण्डकी क्षेत्रीय अस्पतालमा दुर्घटनामा परेकाहरूका आफन्तको भिड लागेको छ।

अस्पतालमा ल्याइएका सबैको मृत्यु भइसकेको अस्पतालले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणले हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि भएको छ। तर, शवको पहिचान भने भइसकेको छैन। विमानमा चालक दलका सदस्यसहित ७२ जना थिए।

प्रतिक्रिया दिनुहोस्