२४ वटा शवको पोखरामै पोस्टमार्टम हुने, अन्य काठमाडौं पठाइने



पोखरा । यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ ।

बाँकी ४५ जनाको शव भने काठमाडौं पठाउन लागिएको छ । काठमाडौंमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालले जनाएको छ ।

२४ जनाको पोस्टमार्टम गरेर शव सकेसम्म आजै आफन्तलाई बुझाउने अस्पतालले जनाएको छ । काठमाडौं पठाइने मृतकको शव लिनका लागि आफन्तलाई काठमाडौंमै जान प्रशासनले आग्रह पनि गरेको छ ।

पोखरामा पोस्टमार्टम हुनेहरुको नाम

त्रिभुवन पौडेल

निशान आचार्य

ओममाया गुरुङ

यस्मिन गुरुङ

पुजन राना

अरुण पौडेल

प्रशिद्धी पौडेल

जीवनकला गुरुङ

पूर्णबहादुर गुरुङ

संगीता शाही

सदाकत अलि मिया

लक्ष्मी पौडेल

निरा छन्त्याल

विजयकुमार गुरुङ

लक्की गुरुङ

शालिकराम आचार्य

डा.गणेश थापा

मोहनप्रकाश श्रेष्ठ

सिता गुरुङ

जमुना शर्मा

बन्दना सुनार

सर्बिन श्रेष्ठ

अनुषा गुरुङ

शिवकुमार गुरुङ

प्रतिक्रिया दिनुहोस्