थप १ जनाको शव भेटियो, अज्ञात २ जनाको भोलि खोजी गरिने



पोखरा । यती एअरलाइन्स विमान दुर्घटनामा परेको बेपत्ता रहेका १ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए । योसँगै ७० जनाको शव फेला परेको छ । एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलिमात्रै खोजी गरिने जानकारी दिए ।

एसपी केसीका अनुसार शव खोज्न आज ड्रोनको प्रयोग गरिएको थियो । भोलि बिहान ४ वठा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिने उनले बताए । ४ जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा आइतबार बिहान दु्र्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्