मन्त्रालय भागबण्डामा सहमति, एमालेले ८ मन्त्रालय पाउँदा अरूलाई कति ?



काठमाडौं । सत्ता गठबन्धन दलले शक्ति बाँडफाँट टुंग्याएका छन्। सोमबार साँझ ६ बजेदेखि राति १० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको साझेदार दलका शीर्ष दलको बैठकले १७ मन्त्रालयको भागबन्डामा सहमति जुटाएको हो।

सोमबार राति अबेर सकिएको बैठकले मन्त्रालयको भागबन्डामा सहमति गरेको उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए। उनका अनुसार मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथ हुनेछ। बैठकले एमालेलाई सबैभन्दा धेरै ८ मन्त्रालय दिने सहमति जुटाएको हो।

एमालेबाट यसअघि विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बनिसकेका छन् भने तीन जना बिनाविभागीय मन्त्री छन्। सत्ता गठबन्धनमा जुटेको सहमति अनुसार माओवादीले अब ४ मन्त्रालय पाएको छ।
जसमा एक राज्य मन्त्री पनि छ। अहिले माओवादीबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री छन्। अब ३ मन्त्री र र १ राज्यमन्त्री थपिने छन्।

राप्रपाले ३, रास्वपाले ३ र जसपाले २ मन्त्रालय पाउने सहमति भएको छ। राप्रपाले उपप्रधानसहित उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। रास्वपाबाट लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।

प्रतिक्रिया दिनुहोस्