कस्तो रहला आज दिनभरको मौसम ?



काठमाडौं । हाल देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला देशको तराई क्षेत्रका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भुभागमामा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहने छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात तथा तराईका भू-भागहरूमा हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्