बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै



मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ। प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री जम्कट्टेलले गएको पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए। प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्