मन्त्री किरातीले भने, ‘मन्त्रालयको समान नफेर्नू, खादा, माला, फूल किन्ने पैसा दाना गर्नु’



काठमाडौँ। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयमा भएको कुनै पनि सामान नर्फेन निर्देशन दिएका छन् । मंगलबार शितल निवासमा मन्त्रीहरुको शपथ समारोह सकिए लगतै मन्त्रालय पदभार ग्रहण गर्न पुगेका उनले कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।

मन्त्रालयका कुनै पनि चिज (पर्दा, कुर्सी, कार्पेटतर्फ संकेत गर्दै) नफेर्न समेत उनले कर्मचारीलाई निर्देशन दिए। मुलुकको अर्थतन्त्र दर्दनाक रहेको भन्दै जे छ, त्यसमै काम चलाउन समेत मन्त्री किरातीले आग्रह गरे।

मन्त्री किरातीले आफूलाई बधाई दिन आउनेहरुलाई खादा र माला नलिई आउन आग्रह गरे। त्यसको साटो अब मन्त्री निवास र आफ्नो कार्यकक्षमा सहयोग पेटिका राख्ने घोषणा उनले गरे।

‘खादा, माला, फूल किन्ने पैसालाई संकलन गर्न हामी एउटा सहयोग पेटिका बनाउँछौं,’ उनले भने, ‘यो रकम दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यमा लगानी गर्नेछौं, मेरो तर्फबाट एक महिनाको सुविधा यहाँ लगाउने छु, मेरो सचिवालयको तर्फबाट १५ दिनको सुविधा दिन लगाउने घोषणा गर्छु ।’

मन्त्री किरातीले पर्यटन मन्त्रालय, मातहतका निकाय र देशभरका सबै कार्यालयको शौचालय मन्त्रीको जस्तै बनाउन निर्देशन दिए। काम गर्ने वातावरण राम्रो हुनुपर्ने भन्दै उनले शौचालय सफा हुनुपर्ने बताए। मन्त्रालयका विसंगती हटाउने उनको प्रतिबद्धता छ।

मन्त्री किरातीले पर्यटन मन्त्रालय र यस मातहतका निकायको १० प्रतिशत दरबन्दी कटौती गर्ने प्रस्तावमा हस्ताक्षर गरे । अब यो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्‍मा जानेछ ।

प्रतिक्रिया दिनुहोस्