आफ्नो पार्टीलाई प्रमुख विपक्षी दल तोक्न प्रेम सुवालको माग



काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिनिधि सभामा प्रमुख विपक्षी दल तोक्न माग गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेमकिपा सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपा विपक्षी दल भएको बताए। प्रतिनिधि सभामा नेमकिपाबाट १ जना सांसद छन्।

उनले संसद बैठक स्थगित गरेर भए पनि विपक्षी दल नेता तोक्न माग गरेका छन्। नेमकिपा र राष्ट्रिय जनमोर्चाले गत पुस २६ गते सरकारलाई विश्वासको मत दिएका थिएनन्। ‘सरकारलाई विश्वासको मत नदिएको सबैभन्दा ठूलो दल नेमकिपा हो। नेमकिपा नै विपक्षी दल हो। सरकारलाई समर्थन गर्ने दल प्रतिपक्षी हुन सक्दैन,’ उनले भने।

सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले आफूहरू विपक्षी दल भएको दाबी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्