सदनमा विमान दुर्घटनाबारे जानकारी दिन कांग्रेसको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न सरकारसँग माग गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकको प्रारम्भमै समय माग गर्दै सभामुखमार्फत सो माग गरेका हुन्। उनले मुलुकमा ठूलो पीडा भएको यस घटनाका सम्बन्धमा सरकारका तर्फबाट उक्त विषयमा भनाई प्रस्तुत हुने अपेक्षा रहेको बताए।

नेता लेखकले बैठकको कार्यसूची पछि सारेर भए पनि विमान दुर्घटनाका सम्बन्धमा सरकारको धारणाबारेमा माग गरे । सदनप्रति सरकार उदासिन रहन नसक्ने जनाउँदै उहाँले सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्