देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग लिङ्देनको आग्रह



काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन्। उनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताए। उनले संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे रहेको बताए।

उनले भने, ‘देवराज घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्तित्व हुनुहुन्छ। यो सभामुख जस्तो गरिमामय पदको लागि सुयोग्य पात्र हुनुहुन्छ, निष्पक्षतामा योग्य भूमिका निर्वाह गर्न सक्षम हुनुहुन्छ, उहाँलाई निर्वाचन गरियोस्। र सबै माननीय सदस्यहरुलाई संसदलाई समर्थनका लागि आग्रह गर्दछु।’

मन्त्री लिङ्देनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्